मन्त्रिपरिषद् बैठकले गर्‍यो स्वास्थ्य सम्वन्धी तीन निर्णय

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यका सम्वन्धमा तीनवटा निर्णय गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि निर्णय सुनाउने क्रममा स्वास्थ्यका तीनवटा नीतिगत निर्णय भएको जानकारी दिए ।

उनका अनुसार मंगलबारको बैठकले दुईवटा विधेयकलाई संघीय संसदमा पेशश गर्न स्विकृत प्रदान गर्ने निर्णय गरेको छ भने । एउटा आदेश स्वीकृत गरेको छ ।

मन्त्री कार्कीका अनुसार बैठकले कोभिड -१९ संकट व्यवस्थापन सम्वनधमा व्यवस्था गर्न बनेको विधेयक, औषधि ऐन २०३५ लाई संसोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्विकृति प्रदान गरेको छ । यस्तै कोभिड -१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसअघि केपी ओली नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य सम्वन्धी तीनवटा अध्यादेश गत बुधबार पछि खारेज भएको थियो । त्यसबेला खारेज भएको अध्यादेशहरुमा कोभिड -१९ संकट व्यवस्थापन अध्यादेश, औषधि (तेस्रो संशोेधन) अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी(पहिलो संशोधन) अध्यादेश थियो ।

यो खारेज भएपछि कोभिडविरुद्धको लडाईंमा समेत असर पर्ने देखिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *