आयोगले पूर्व मनोनयनका लागि यसअघि निकालेको नर्सिङ र विदेशी कोटाको म्याचिङ लिष्टमा गडबडी, नयाँ लिष्ट निकाल्यो

काठमाडौँ, ५ असोज । चिकित्सा शिक्षा आयोगले पूर्व मनोनयनका लागि यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रबृत्ति तथा विदेशी कोटाको म्याचिङ लिष्टमा गडबडी देखिएको छ । एक साता अघि निकालेको लिष्टमा गडबडी देखिएपछि पुन: अर्को लिष्ट निकालेको छ ।

आयोगले २८ भदौमा प्रकाशित गरेको पूर्व मनोनयनको लागि प्रकाशित गरेको म्याचिङ सूचीमा गडबडी देखिएको हो ।  आयोगले ४ असोजमा सूचना प्रकाशित गर्दै ५ देखि ७ असोज भित्र पूर्व मनोनयनमा परेका विद्यार्थीले स्वीकार गर्ने वा नगर्ने जानकारी दिन अनुरोध गरेको छ ।

आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले एक साता अघि निकालेको सूचनामा विएस्सी नर्सिङ, विएन लगायतका केही विषयका सूची र केही विदेशी कोटाको र्‍याङ्कमा गडबडी देखिएपछि नयाँ सूची प्रकाशित गरेको बताए ।

‘पहिले हामीले सूची मात्रै निकालेका थियौँ । तर विद्यार्थीलाई पूर्व मनोनयन गर्नका लागि कोड नं दिईसकेका थिएनौँ । गडबडी भएको थाहा पाउने वित्तिकै त्यसलाई हटाएका थियौँ । अब अहिले विद्यार्थीहरुलाई मनोनयनमा आवद्ध हुनका लागि कोड समेत पठाएका छौँ । अव ७ असोज भित्र उनीहरुले म्याचिङ लिष्ट हेरेर स्वीकार गर्ने वा नगर्ने जानकारी दिनु पर्छ,’  उनले भने ।

आयोगले पूर्व मनोनयनका लागि निकालेको नयाँ म्याचिङ लिष्ट यस्तो छ :

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *