राष्ट्रिय स्वास्थ्यकर्मी संघका उपाध्यक्ष र सहकोषाध्य प्रहरी हिरासतमा, रिहाईको माग

काठमाडौँ, ४ असोज । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले आफ्ना केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्द र सह कोषाध्यक्ष अञ्जु बस्नेतलाई प्रहरीले विनाकारण नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएको छ । उसले नियन्त्रणमा रहेका दुबै जनालाई तत्काल रिहा गर्न माग गरेको छ ।

उनीहरु सोमबार दिउसो एमाले निकट निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालयमा स्वास्थ्यको विषयमा छलफल गर्न गएका थिए । सोही बेला नेकपा समाजवादी समर्थक कर्मचारी समूहले हो हल्ला गर्दै विवाद गर्न कार्यालयमा आएको थियो । त्यसपछि प्रहरीले निजामती कर्मचारी संगठनका पदाधिकारीसंगै रहेका स्वास्थ्यकर्मी संघका प्रतिनिधिहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी हिरासतमा निजामती कर्मचारी संगठन केन्द्रिय सम्मेलन आयोजक कमिटिका संयोजक केदार देवकोटा र सह संयोजक लेखनाथ कोइराला एस समूहका मोहन घिमिरेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

विना कारण आफ्ना पदाधिकारीहरुलाई नियन्त्रणमा लिएको भन्दै संघका सचिव हिमालय तिवारीले आपत्ती जनाए । उनले नियन्त्रणमा लिईएको आफ्ना सबै साथीहरुलाई विनासर्त रिहाई गर्न माग गरे ।

प्रहरीले एमाले समर्थकलाई अनामनगर र एस समर्थकलाई हनुमान ढोकामा राखेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *