चौबिस घण्टामा थप ७३४ जनामा कोरोना संक्रमण, १४१३ जना डिस्चार्ज

काठमाडौँ, ३ असोज। पछिल्लो चौबिस घण्टामा देशभर ७३४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ४१३ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १२ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार ७ हजार ३०४ जनाको पीसीआर बिधीबाट र २ हजार ७०९ जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार १३ जनाको नमुना परीक्षण भएको छ । जसमा पीसीआर बाट ६५६ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ७८ जना गरी आज कुल ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३९० र भेन्टीलेटरमा ११७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *