चौबिस घण्टामा थप १०६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौँ, २ असोज। पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार २३४ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ८ हजार ५४० जनाको पीसीआर बिधीबाट र २ हजार ८१८ जनाको एन्टीजेन बिधिबाट गरी कुल ११ हजार ३८५ जनाको नमुना परीक्षण भएको छ । जसमा पीसीआर बाट ८३५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २३१ जना गरी आज कुल १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८५ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३८९ र भेन्टीलेटरमा १२१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *