‘२७ हप्तामै जन्मेको शिशुलाई पनि बचाउन सकिन्छ’

काठमाडौँ, २ असोज । नेपालको कानूनले २८ हप्तासम्म गर्भपतन गर्न सक्ने छुट दिएको छ । तर चावहिलस्थित ओम अस्पतालमा २७ हप्तामा जन्मिएको शिशु बाँचेको छ ।

बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राडा जागेश्वर गौतम भन्छन, ‘२८ हप्तामा गर्भपतन गर्नु हत्या जस्तै हो । संसदबाट यो कानून पास हुँदा प्रसूति तथा स्त्री रोग चिकित्सकहरुले यो त अति भयो भनेर विरोध गरेका थियौँ । किन बिरोध गरेका रहेछौँँ, अहिले प्रमाणित भएको छ ।’

काठमाडौं कपनकी निलम गुरुङ गर्भवती भएको २७ हप्ता मात्रै भएको थियो । एक्कासी स्वास्थ्यमा समस्या देखियो, परिवारले हतपत नजिकैको ओम अस्पताल पुर्‍याए ।

डा जागेश्वर गौतमको टोलीले उनको स्वास्थ्य जाँच गर्‍यो, भिडियो एक्सरे गर्‍यो । शिशु रहने पानी फोका फुटेको थाहा भयो । घाँटीमा नाल बेरिएको देखियो । डा गौतमको टोलीले परिवारलाई भन्यो, तत्कालै सिजेरियन सेक्सन गर्नुको विकल्प छैन्, गरेमा शिशु जोगिन पनि सक्छ । परिवारले तत्कालै सहमति दिए । सिएस भयो, गत ५ साउनका दिन विहान १ केजी तौलको छोरी जन्मियो ।

२७ हप्तामा जन्मेकी शिशु र उनकी आमा निलम गुरुङ

‘जन्मेको झण्डै ५० दिन त एनआईसीयूमा राख्नुपर्‍यो तर बच्चा बाँच्यो, अब एक दुई दिनमा डिस्चार्ज हुँदैछ,’ डा गौतमले भने । उनले समय भन्दा पहिल्यै जन्मने बच्चा कोही कोहीमा आँखाको समस्या हुन सक्ने भए पनि यो शिशुमा त्यस्तो समस्या नभएको स्पष्ट पारे । ‘हामीले तिलगंगा लगेर पनि उसको जाँच गरायौं, त्यस्तो कुनै समस्या छैन्,’ उनले भने ।

बालरोग विशेषज्ञ उमा गुरुङ अहिले बच्चाको तौल बढेर १ केजी ४०० ग्राम पुगेको बताइन् । टाठो छे , रुन्छे, हास्छे खेल्छे, कुनै समस्या छैन अब आइतबार तिर डिस्चार्ज गर्ने योजनामा छौँ ।

व्यवस्थापिका संसदबाट २ असोज २०७५ मा ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५’ पारित भएको थियो । उक्त ऐनमा बलात्कार वा हाडनाता करणीका कारण बसेको गर्भ, त्यसैगरी आमाको ज्यानै जाने अवस्था भयो अथवा जन्मिसकेपछि बच्चा बाँच्ने क्षमता छैन भने गर्भ रहेको २८ हप्तापछि पनि गर्भपतन गर्न मिल्ने व्यवस्था राखिएको छ ।

यसको त्यसबेला देखि नै चिकित्सकहरुले विरोध गर्दै आएका थिए । डा गौतमले  भने, ‘२२ हप्ता माथिका शिशुहरु बचाउन सकिन्छ । हामीले २२ हप्ता मुनिका शिशुहरुलाई निकाल्दा मात्रै गर्भपतन भन्दछौँ । २२ हप्ता माथिकालाई त जन्माउने भन्दछौँ । त्यसैले एक जना चिकित्सकले शिशुलाई मार्न सक्दैन ।’  ‘२७ हप्ताको शिशु बाँच्यो नीति बनाउनेहरुले यो पनि त उदाहरणको रुपमा लिनु पर्छ,’ उनले अगाडी थपे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *