चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं १ असोज । चीनबाट खरीद गरिएको कोभिड विरुद्धको खोप भेरोसेलको ४४ लाख डोज आज काठमाडौँ आइपुगेको छ । खोप लिन बिहीबार (हिजो) बेईजिङ प्रस्थान गरेको नेपाल एयरलायन्सको वाइडबडी विमानले अघि दिउसो २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याई पु¥याएको हो ।

सरकारले यसअघि नै चिनियाँ कम्पनी सिनोफार्मसंग नन डिस्क्लोजेवल एग्रीमेन्ट गर्दै ६० लाख डोज भेरोसेल खोप खरीद गर्ने सम्झौँता गरेको थियो । सम्झौँता अनुसार १६ लाख डोज खोप गत ४ र ५ भदौमा नै आईसकेको थियो । बाँकी रहेको ४४ लाख डोज आज आएको हो ।

ठूलो परिमाणमा आएको खोप रिसिभ गर्न स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी विच्छा विमानस्थल पुगेका थिए ।

यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र हिजो खोप ल्याउने बताइएको थियो। तर पछि शंसोधन गर्दै एक दिन पछाडि सारिएको हो।

भेरोसेल खोप यसअघि एक भाइलमा एक डोज मात्र हुन्थ्यो।  जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ। जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो।

‘एक भाइलमै पाँच डोज हुने र प्याकेजिङ पनि पहिलेको भन्दा सानो हुने भएकोले ४४ लाख एकै पटक ल्याउन सम्भव भएको हो,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताए । उनले आज आएको खोप बागमती, लुम्बिनी र गण्डकीमा एयरपोर्टबाट आजै वितरण गर्ने र बाँकी प्रदेशहरुमा भोली वितरण गर्ने योजना भएको बताए । ढुंगानाले केही परिमाण टेकुस्थित खोप भण्डारण केन्द्रमा राख्ने समेत जानकारी दिए ।

सरकारले आज आउने खोप दोस्रो मात्रा लगाउन बाँकीलाई दिने र खोप लगाउन बाँकी भएकाहरुलाई पहिलो मात्रा दिन सुरु गर्ने योजना लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *