नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौँ, ३१ भदौ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पछिल्लो चौबिस घण्टामा थप ११ जनाको निधन भएसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ पुगेको छ ।

त्यसैगरी आज थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र १ हजार ६८९ जना निको भई डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ४०७ र भेन्टीटरमा १२८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *