चौबिस घण्टामा थप १५११ जनामा कोरोना संक्रमण, १६८९ डिस्चार्ज

- नेपाली हेल्थ

काठमाडौँ, ३१ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ५११ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ६८९ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ११जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ११ हजार २०८ जनाको पीसीआर बिधीबाट र ३ हजार ९७१ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार १७९ जनाको नमुना परीक्षण भएको छ । जसमा पीसीआर बाट १ हजार १६५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३४६ जना गरी आज कुल १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २९३ भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना गरी काठमाडौँ उपत्यकामा ४३० जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ४०७ र भेन्टीलेटरमा १२८जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


Facebook Comment


थप समाचार