बुधबार थप १७६० जनामा कोरोना संक्रमण, १२२० जना संक्रमणमुक्त

काठमाडौँ, ३० भदौ । बुधबार देशभर १ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार २२० जना निको भई डिस्चार्ज भएका छन् । आज थप ७ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बुधबार दिएको जानकारी अनुसार १२ हजार ५२४ जनाको पीसीआर बिधीबाट र ४ हजार ३२० जनाको एन्टीजेन बिधिबाट गरी कुल १६ हजार ८४४ जनाको नमुना परीक्षण भएको छ । जसमा पीसीआर बाट १ हजार ३३२ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४२८ जना गरी आज कुल १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ३६० भक्तपुरमा ६३ र ललितपुरमा ७२ जना गरी काठमाडौँ उपत्यकामा ४९५ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ४०७ र भेन्टीलेटरमा १२९ जना संक्रमित उपचाररत रहेको प्रवक्ता डा. पौडेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *