कोभिड प्रतिकार्यका लागि १०७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्दै सरकार, मासिक तलव ५७ हजार

काठमाडौँ, २९ भदौ ।  सरकारले कोभिड – १९ प्रतिकार्यका लागि भन्दै स्थानीय तहमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्ने भएको छ । मन्त्रालयले कोभिड -१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ३३ को कार्यान्वयन गर्न मन्त्रालयले कोभिड – १९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्वन्धी सम्छिप्त कार्यविधि २०७८ समेत जारी गरेको छ ।

कार्यविधिका अनुसार काठमाडौँ महानगरपालिकामा ७, अन्य महानगरपालिकामा ५ जना, उप महानगरपालिकामा ३ जना, नगरपालिकामा २ जना र गाँउपालिकामा १ जनाका दरले गरी कुल १ हजार ७७ जना नियुक्त गर्न लागिएको हो ।

कार्यविधिले निरीक्षकको लागि जनस्वास्थ्य विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्ने उल्लेख गरेको छ । यो एक बर्षे करारका लागि लिईदै छ । त्यसमा तलव सुविधामा अधिकृत सातौँ तह बराबरको तलव र छ महिनाको लागि ५० प्रतिशत थप जोखिम भत्ता समेत उपलव्ध गराउने उल्लेख छ ।

अहिले सातौँ तहको अधिकृत स्तरको तलव ३७ हजार ८७० रुपैयाँ छ भने ५० प्रतिशत जोखिम भत्ता १८ हजार ९३५ रुपैयाँ समेत गरी कुल ५६ हजार ८०५ रुपैयाँ हुन आउँछ ।

कार्यविधिमा जनस्वास्थ्य निरीक्षकको सेवा अवधी १ बर्षको हुने र महामारीको अवस्था मुल्यांकन गरी पदावधी थप गर्न सकिने बताइएको छ । मन्त्रालयले अहिले बहालमा रहेका स्थायी स्वास्थ्यकर्मीहरु जो फाजिलमा छन्, उनीहरुलाई प्राथमिकता दिईने र नपुग संख्या स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्ने बताइएको छ ।

यस्तो छ कार्यविधि

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *