त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केडीसीको र्‍यापीड पीसीआर ल्याव, ३० मिनेटमै रिपोर्ट आउने

काठमाडौँ, २८ भदौ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) ले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा र्‍यापीड पीसीआर ल्याब स्थापना गरेको छ ।

विभिन्न मुलुकमा जाने व्यक्तिहरुलाई लक्षित गर्दै केडीसीले विमानस्थल परिसरमै र्‍यापीड पीसीआर ल्याब स्थापना गरेको हो । केडीसीले आगामी बुधबारबाट यो ल्यावबाट सेवा सञ्चालनमा आउने स्पष्ट पारेको छ ।

पछिल्लो समयमा नेपालबाट विमानस्थल हुँदै बाहिरिने व्यक्तिहरुका लागी ७२ घण्टा (३ दिन) र विमान उड्नुभन्दा ४ घण्टा भित्रको पीसीआर रिपोर्टलाई अनिवार्य गरेको छ । केडीसीले ‘सिङवे’ नामक ब्राण्डको अत्याधुनिक मेसिनबाट सर्वसाधारणको पीसीआर जाँच गर्ने र ३० मिनेटमै नतिजा दिने बताएको छ ।

केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले विदेश जानेहरुका लागि लक्षित गरेर अत्याधुनिक मेसिन जडान गरी ३० मिनेटमै रिपोर्ट दिन सक्ने बताए । उनले आफूहरुले गुणस्तरमा ध्यान दिदै अरु भन्दा छिटो, भरपर्दो र सर्वसुलभ मूल्यमा सेवा उपलव्ध गराएको दावी गरे ।

मुख तथा दन्त स्वास्थ्य सेवामा छुट्टै छवि बनाएको यस संस्थाले विगत ८ बर्ष देखि जनरल हस्पिटल समेत सञ्चालन गर्दै आएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *