प्रशासन समूहको सचिव राख्ने प्रस्तावको विरोधमा बागमतीका स्वास्थ्यकर्मीले खोप रोके

काठमाडौँ, २७ भदौ । बागमती प्रदेशले हालै स्थापना गरेको स्वास्थ्य मन्त्रालयको दरबन्दी तेरिजमा सचिव प्रशासन समूहको प्रस्ताव गरिएपछि आक्रोशित स्वास्थ्यकर्मीहरुले खोप कार्यक्रम वहिस्कार गरेका छन् ।

स्वास्थ्यकर्मीको बहिस्कार पछि प्रदेशका १३ वटै जिल्लाको कोभिडबिरुद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ ।

‘नयाँ गठन भएको स्वास्थ्य मन्त्रालयमा प्रशासन समूहको सचिव राख्ने दरबन्दी तेरिज प्रस्ताव गरिएको रहेछ । निजामती कर्मचारीको झण्डै आधा हिस्सा ओगटने स्वास्थ्य समूहका कर्मचारीहरु रहेको र यो महामारीमा अत्यन्त कुशलतापूर्वक कार्य गरिरहेको स्वास्थ्यकर्मीहरुमाथिको घोर अवमुल्यन हो । स्वास्थ्य विसुद्ध प्राविधिक विषय भएकोले यसमा स्वास्थ्य समूहकै कर्मचारी नेतृत्वमा हुनुपर्छ भन्ने जोडदार माग रहेको छ ,’ स्वास्थ्य शिक्षा तथा प्रवर्धन संघ नेपालका अध्यक्ष समेत रहेका स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले भने ।

उनले नयाँ संरचनाबाट आन्दोलित स्वास्थ्यकर्मीहरुले विरोध स्वरुप आइतबार (आज)बाट अनिश्चित कालसम्मका लागि खोप कार्यक्रम स्थगित गरेको जानकारी दिए । ‘अहिले बागमती प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्यकर्मीहरुले खोप लगाउने कार्य स्थगित भएको छ । माग पुरा नभएमा विस्तारै अरु सेवाहरु पनि बन्द हुँदै जानेछन्,’ खड्काले भने ।

स्वास्थ्यमा प्रस्ताव गरिएको २५ जनाको दरबन्दी तेरिजमा सचिव प्रशासन समूहको रहने प्रस्ताव गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *