नेपालमा कोभिडविरुद्धको खोप फाइजरले पनि पायो आपतकालिन प्रयोग अनुमति

काठमाडौँ, २५ भदौ । औषधि व्यवस्था विभागले कोभिड -१९ विरुद्धको खोप फाइजर बायोन्टेकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले शुक्रबार यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फाइजर खोप सरकारले ल्यायर प्रयोग गर्नका लागि आपतकालीन अनुमति दिइएको बताए ।

सरकारले १२ बर्ष माथिका बालबालिकालाई समेत प्रयोग गर्ने गरी ६० लाख डोज फाइजर खोप खरीद गर्ने योजना अघि सारेको छ । कोभ्याक्स सुविधाबाट समेत यो खोप नेपालले प्राप्त गर्ने बताइएको छ ।

केही साता भित्रै नेपालमा १ लाख डोज फाइजर खोप आउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाले जनाएको छ । महाशाखा अन्तरगतको खोप शाखा प्रमुख सागर दाहालले सुरुमा एक लाख डोज फाइजर खोप आउने बताए ।

‘कोभ्याक्स सुविधा अन्तरगर्त खोप आउने हो । त्यसका लागि हामीले ४ वटा फ्रिज समेत ल्याइसकेका छौँ । अव यसको भण्डारण गर्ने तरिकाबारेमा तालिम दिने योजना बनाउँदै छौँ । हामी यता तयार भएपछि कोभ्याक्सले खोप पठाउने छ,’ दाहालले भने ।

नेपालमा यसअघि नै फाइजर बाहेक भातरमा उत्पादित कोभिसिल्ड, कोभ्याक्सिन, चीनमा उत्पादित भेरोसेल र कोरोना भ्याक, बेलायतमा उत्पादित एस्ट्राजेनेका, अमेरिकी कम्पनीले उत्पादन गरेको जानसन खोपले आपतकालिन प्रयोगको अनुमति पाईसकेको छ ।

कोभिडका खोप मध्ये फाइजर खोप निकै धेरै देशमा प्रयोग हुने खोप हो । सबैभन्दा अगाडी आएको र अमेरिकामा समेत यो खोप पहिलो रोजाईमा रहेको देखिन्छ ।

माइनस ७० डिग्री सेल्सीयस तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले नेपाल जस्तो मुलुकमा यसको प्रयोग अहिलेसम्म भएको थिएन । नेपालले एक पटक १० लाख सम्म राख्न मिल्ने खोप भण्डारण केन्द्र राख्ने तयारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *