फाइजर खोप भण्डारण गर्न मिल्ने चार वटा फ्रिज आईपुग्यो

काठमाडौँ, २५ भदौ । कोभिडबिरुद्धको खोप फाइजर १ लाख २० हजार डोज भण्डारण गर्न मिल्ने ४ वटा फ्रिज नेपाल आईपुगेको छ । कोभ्याक्स सुविधा अन्तरगर्त उपलव्ध उक्त फ्रिज युनिसेफ मार्फत आएको हो । उक्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ ।

‘टेकुमा राख्ने गरी चारवटा फ्रिज आईपुगेको छ । ती चारवटा फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने कुल १ लाख २० हजार डोज खोप राख्न सकिन्छ,’ स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने ।

नेपालले १२ देखि १८ बर्ष उमेर समूहका बालबालिकालाई दिन भन्दै ६० लाख डोज फाइजर खोप खरीद गर्ने सम्झौँता भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० लाख डोज आगामी डिसेम्बरमा र १० लाख डोज ज्यानवरीमा आउने तालिका रहेको उल्लेख गरेको छ ।

फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा अहिलेसम्म त्यस खालको भण्डारकक्ष छैन् । ढुंगानले कम्तीमा १० लाख डोज फाइजर खोप भण्डारण गर्न मिल्ने गरी खोप भण्डार कक्ष विस्तार गर्ने तयारीमा रहेको बताए ।

नेपालमा अहिलेसम्म कोभिसिल्ड, भेरोसेल, एस्टाजेनेका, जानसन लगायतका खोप आएका छन् । ती खोपहरु सामान्य तापक्रम र्२ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न मिल्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *