आज पनि काठमाडौंका यी ८ ठाँउमा दिईदै छ कोभिडविरुद्धको खोप

712
Shares

काठमाडौं, २३ भदौ । स्वास्थ्य कार्यालय काठमाडौंले आज पनि जिल्लाका आठ ठाँउमा कोभिडविरुद्धको खोप दिने व्यवस्था मिलाएको छ । स्वास्थ्य कार्यालयले प्रहरी अस्पताल महाराजगञ्जमा भेरोसेल र एस्ट्राजेनेकाको पहिलो र दोस्रो डोज दिएको छ । नेपाली सेनाको अस्पताल छाउनीमा जेएनजे र भेरोसेलको पहिलो र दोस्रो डोज दिदैछ ।

राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, एपीएफ अस्पताल बलम्बु र सिभिल अस्पताल नयाँ बानेश्वरमा एस्ट्राजेनेका खोप पहिलो डोज दिईदै छ ।

स्वास्थ्य कार्यालयका प्रमुख खड्काले खोपका लागि १८ बर्ष माथिका नागरिकले विद्युतीय माध्यमबाट दर्ता गराएकाहरुले दर्ता नम्बर र परिचय पत्र सहित खोप केन्द्रमा पुगेर लिन सकिने स्पष्ट पारे ।

काठमाडौँमा झण्डै ४० प्रतिशत बढीले कोभिडविरुद्धको पूर्ण खोप पाईसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *