चौबिस घण्टामा थपिए १६७७ जना कोरोना संक्रमित, २०७२ जना डिस्चार्ज

काठमाडौँ, २२ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ६ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार ७२ जना निको भई डिस्चार्ज भएका छन् । आज थप २१ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ११ हजार १ सय ११ जनाको पीसीआर बिधीबाट र ३ हजार ९ सय २३ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार ३४ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ३ सय ६४ भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना गरी काठमाडौँ उपत्यकामा ५ सय २९ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ३ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ५ सय १४ र भेन्टीलेटरमा १ सय ५४ जना संक्रमित उपचाररत छन् ।

त्यसैगरी ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला १७ वटा र २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला २१ वटा रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *