उत्कृष्ट निजामती पुरस्कार डा. भिमसिंह टिंकरीलाई

काठमाडौँ, २२ भदौ । सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार डा. भिमसिंह टिंकरीलाई दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निजामती सेवा दिवसका अवसरमा उनी सहित ४० जना निजामती सेवाका कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
सो निर्णय अनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो। जसमा स्वास्थ्य सेवा अन्तर्गतका डा भिमसिंह टिंकरी पनि परेका छन्। उक्त पुरस्कारको राशि एक लाख रहेको छ।
डा टिंकरी हाल स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक हुन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



