विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको बैठक भोलिबाट सुरु हुँदै

काठमाडौँ, २० भदौ ।  भोलिबाट सुरु हुने विश्व स्वास्थ्य संगठनको दक्षिण—पूर्वी एशियाको चौहत्तरौं सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकको तयारी पुरा भएको छ । बैठकको आयोजक बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै भोलि (सोमबार)बाट पाँच दिने बैठकको तयारी पुरा भएको जनाएको हो । बैठक आगामी २५ भदौसम्म चल्नेछ ।

मन्त्रालयले केही आज गरेको पत्रकार सम्मेलनमा बैठकबारे जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आयोजक आयोजक राष्ट्रको रुपमा नेपालले गर्नुपर्ने सम्पूर्ण तयारी पुरा भएको बताए । उनले भने, ‘हामीले ११ बर्ष पछि पुन आयोजक राष्ट्रको रुपमा बैठक गर्ने अवसर पाएका छौँ । कोभिड महामारीको बेला आयोजना हुने बैठक दक्षिण पूर्वी एशिया क्षेत्रकै लागि महत्वपूर्ण हुनेछ । महामारी मात्रै होइन नसर्ने रोग, स्वास्थ्यको सर्वव्यापी पहूँच लगायतका विषयबस्तुमा पनि विशेष छलफल हुनेछन् ।’

स्वास्थ्य सचिव डा रोशनकुमार पोखरेलले बैठकमा ११ वटै देशका स्वास्थ्य मन्त्री सचिव, लगायतका स्वास्थ्यका उच्च अधिकारीहरुको सहभागिता हुने बताए । उनले बैठकमा स्वास्थ्यका विकास साझेदार संघसंस्था नागरिक समाजको समेत प्रतिनिधित्व हुने जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा राजेश सम्भाजी राव पाण्डवले दक्षिणपूर्वी एशिया क्षेत्रका देशहरुले बनाउने स्वास्थ्य नीति, विद्यमान कोरोना महामारी लगायतका विषयमा गहन छलफल हुने बताए ।

बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा।पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्र सङ्घका निकाय, साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहने बताइएको छ ।

महामारीले पैदा गरेको जोखिमलाई मध्यनजर गर्दै लगातार दोस्रो पटक भर्चुअल माध्यमबाट आयोजना हुन लागेको उक्त वार्षिकबैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण,नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने, र भाइरलहेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायतका विषयहरूमा छलफल हुनेछ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिकोअनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागिखोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि उक्त बैठकमा छलफल हुनेछ । बैठकले यसभन्दा अगाडि आयोजना गरिएकाबैठकहरूमा अनुमोदन गरिएका प्रावधानहरूमा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।

सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, स्वास्थ्य सामग्रीमा पहुँच बढाउने,दक्षिण—पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष र प्राथमिक स्वास्थ्य चौकीको स्तरमा नसर्ने रोगहरूको लागि हुने सेवा प्रवाहलाई थप गति दिन स्वास्थ्य प्रणालीहरूको सुदृढीकरण जस्ता विषयहरू पनि उक्त बैठकमा उठान हुन सक्नेछन् ।

विद्यमान महामारीलाई सम्बोधन गर्ने क्रममा यसक्षेत्रमा भएका मुलुकहरूले आठ मुख्य प्राथमिकतामा पनि आफ्नो प्रयासलाई जारी राखेका छन्ः सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, बहुक्षेत्रीय नीति तथा योजनाहरूबाट नसर्ने रोगहरूको सम्बोधन गर्ने, मातृ, नवजात शिशु तथा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरको न्यूनीकरणलाई गति दिने, स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई अघि बढाउने, एन्टिमाइक्रोबियल प्रतिरोधलाई उल्ट्याउने, आपतकालीन जोखिम व्यवस्थापन क्षमता बढाउने र उपेक्षा गरिएका उष्णदेशीय रोग र क्षयरोगको उन्मूलन गर्ने ।

विश्व जनसङ्ख्याको एक चौथाइ जनसङ्ख्याबसोवास गर्ने यस क्षेत्रले प्राथमिकता प्राप्त कार्यक्रमहरूमा भएका प्रगतिलाई दिगो बनाइ रहेको छ ।

विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रले सन् २०१४ मापोलियो उन्मूलन गरेको थियो र सन् २०१६ मा मातृ तथा नवजात शिशुमा हुने धनुष्टङ्कार रोगको उन्मूलन गरेको थियो ।

माल्दिभ्स र श्रीलङ्काले दादुरा र रुबेला दुवै रोगहरू उन्मूलन गरेका छन् भने भुटान, दक्षिण कोरिया रटिमोर—लेट्से दादुरा उन्मूलन गर्न सफल भएका छन् ।

नेपाल र म्यानमारले ट्राकोमा उन्मूलन गरेका छन् । भारत यास रोगमुक्त भएको छ ।

थाइलेण्ड, श्रीलङ्का र माल्दिभ्सले आमाबाट बच्चामा सर्ने एचआइभी र भिरीङ्गी सिफिलिसको उन्मूलन गरेकोछन् । बङ्गलादेश, भुटान, नेपाल र थाइलेण्डले हेपाटाइटिस बी लाई नियन्त्रण गरेका छन् । बैठक सोमबार विहान पौने १० बजेबाट सुरु हुने बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *