आइतबार थपिए १०८९ जना कोरोना संक्रमित, १५३४ जना संक्रमणमुक्त

काठमाडौँ, २० भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ५ सय ३४ जना निको भई डिस्चार्ज भएका छन् । आज थप २० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार ५ हजार १ सय ७० जनाको पीसीआर बिधीबाट र २ हजार ८ सय १ जनाको एन्टीजेन बिधिबाट गरी कुल ७ हजार ९ सय ७१ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २ सय ८८ भक्तपुरमा ६७ र ललितपुरमा ९८ जना गरी काठमाडौँ उपत्यकामा ४ सय ५३ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ४८ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ५ सय २३ र भेन्टीलेटरमा १ सय ६२ जना संक्रमित उपचाररत छन् ।

त्यसैगरी ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला १९ वटा र २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला २० वटा रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *