नर्सिङ लाइसेन्स परीक्षामा ८९ प्रतिशत उत्तीर्ण

काठमाडौँ, २० भदौ । नेपाल नर्सि ङ परिषदले शनिबार लिएको नर्सि ङ तथा मिडवाइ फ्रि विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८९ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा नर्सिङ तर्फ ८८.५९ र मिडवाइ फ्री तर्फ ९० प्रतिशत उत्तीर्ण भएका हुन् ।

परिषदका रजिष्ट्रार विन्दा घिमिरेका अनुसार परीक्षाका लागि नर्सिङ तर्फ ५ हजार ६२१ जनाले फारम भरेका थिए । तर परीक्षाका बेलामा ३७ जना अनुपस्थित भएका थिए । कुल ५ हजार ५८४ जना सहभागी भएकोमा ४ हजार ९४७ जना उत्तीर्ण भएका हुन् ।

यस्तै मिडवाईफ्री तर्फ १० जना परीक्षामा सहभागी भएकोमा ९ जना उत्तीर्ण भएका थिए ।

रजिष्ट्रार घिमिरेका अनुसार शनिबारको परीक्षा नर्सिङ तर्फ २७ औँ र मिडवाईफ्री तर्फ चौथो हो । परीक्षाका लागि सबै केन्द्र काठमाडौँमै तोकिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *