चौबिस घण्टामा थप १२६८ जनामा कोरोना संक्रमण, २१९५ जना संक्रमणमुक्त

काठमाडौँ, १९ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार २ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार १ सय ९५ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ९ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ६ हजार ७ सय ५३ जनाको पीसीआर बिधीबाट र ३ हजार १ सय २२ जनाको एन्टीजेन बिधिबाट गरी कुल ९ हजार ८ सय ७५ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार २ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २ सय ८९ भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना गरी काठमाडौँ उपत्यकामा ३ सय ८६ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ८ सय २६ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ५ सय ५४ र भेन्टीलेटरमा १ सय ७२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *