एमाले अध्यक्ष ओली अस्वस्थ, ज्वरो आएपछि भेटघाट बन्द

काठमाडौँ, १९ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई ज्वरो आएको छ ।

बालकोटस्थित आफ्नै निवासमा रहेका उनी अस्वस्थ भएपछि अहिले भेटघाटलाई बन्द गरिएको छ ।

ओलीका प्रेस सहयोगी रामशरण बजगाईका अनुसार शुक्रबार देखि ओलीलाई ज्वरो आएको थियो । अहिले सामान्यउन्मुख बन्दै गएको छ ।

बजगाईले धपेडीका कारण सामान्य अस्वस्थ भएको हुनसक्ने बताए ।

‘राजनीतिक भेटघाट र मिटि ङ बढी भयो । विहानै देखि रातीसम्म भेटघाट र छलफलमा बढी व्यस्त हुनुभयो । आराम पुगेन । त्यसैले सामान्य असहज भएको हो । अहिले आराम गरिरहनु भएको छ । भेटघाटलाई बन्द गरेका छौँ,’ उनले भने ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *