विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७१ प्रतिशत पास

काठमाडौँ, १८ भदौ । नेपाल मेडिकल काउन्सिलले आज लिएको विशेषज्ञ नाम दर्ता (लाइसेन्स) परीक्षामा ७१ प्रतिशत पास भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षाका लागि ४८० जनाले फारम भरेका थिए । तर परीक्षामा २ जना गयल भएका थिए ।

कुल ४७८ जनाले परीक्षा दिएकोमध्ये ३३९ जना पास भएका छन् । १३० जना फेल भएका छन् भने ९ जनालाई वीथ हेल्डमा राखिएको छ ।

परीक्षा पूल्चोकस्थित इन्जिनियरिङ कलेजमा विहान र दिउसोको सेसन गरी दुई चरणमा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *