कोभिड खोप कभरेज : पहिलो मात्रा १८ प्रतिशत, पूर्ण मात्रा लगाउने १५.४ प्रतिशत

काठमाडौँ, १६ भदौ । असोज अन्तिमसम्म एक तिहाई जनतालाई खोप पुर्‍याउने लक्ष्य लिएको सरकारले मंगलबारसम्म पहिलो डोज १८ प्रतिशत र पूर्ण मात्रा १५.४ प्रतिशतलाई दिन सफल भएको छ । मंगलबारसम्म स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा नेतृत्वमा रहेका डा झलक गौतमले सो जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘खोप लगाउनका लागि तोकिएका २ करोड १७ हजार व्यक्तिहरुमध्ये ५४ लाख २४ हजार ८३६ जना ( १८ प्रतिशत) र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना ( १५.४ प्रतिशत) पुगेको छ । पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड ९२ हजार १६४ जना रहेको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसै साता जिम्मेवारी हेरफेर गर्दै विभागकै व्यवस्थापन महाशाखामा सरुवा गरेपछि डा गौतमले आजबाट खोप शाखा छाडदै छन् ।

नेपालमा अहिलेसम्म कोभिडविरुद्धको खोपमा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका र जानसन खोप लगाइएको छ ।

सरकारले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई पूर्ण खोप दिने प्रतिवद्धता जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *