चौबिस घण्टामा थप १६६४ जनामा कोरोना संक्रमण, १७८६ जना संक्रमणमुक्त

काठमाडौँ, १५ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ६६४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ७८६ जना निको भई डिस्चार्ज भएका छन् । आज थप २० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ९ हजार ११७ जनाको पीसीआर बिधीबाट र ३ हजार १०५ जनाको एन्टीजेन बिधिबाट गरी कुल १२ हजार २२२ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ४१३ भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना गरी काठमाडौँ उपत्यकामा ५६४ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ५३७ र भेन्टीलेटरमा १६४ जना संक्रमित उपचाररत रहेका छन्। त्यस्तै २० वटा जिल्लामा ५ सय भन्दा धेरै र १८ वटा जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *