मिर्गौला प्रत्यारोपण गरि स्वदेश फर्किए झलनाथ खनाल

152
Shares

काठमाडौँ, १४ भदौ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतमा मिर्गौला प्रत्यारोपण गरि स्वदेश फर्किएका छन् । सोमबार अपरान्ह पौने ४ बजे नेपाल एयरलायन्सको नियमित उडानबाट उनी काठमाडौँ अवतरण गरेका हुन् ।

उनको गत २० साउनमा उनी भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ७१ बर्षीय खनालले आफूलाई मेरिना चित्राकारले पत्यारोपणको लागि मिर्गौला दान गरेको बताए । उनले मेरिना आफ्नो श्रीमतीको दिदीको छोरी रहेको स्पष्ट पारे ।

नर्भिकमा उपचार गराईरहेका खनाल गत २ असारमा थप उपचारका लागि दिल्ली प्रस्थान गरेका थिए । उनको उपचार खर्च सरकारले बेहोर्ने बताएको छ । उपचारका लागि कति खर्च लाग्यो भन्ने बारेमा भने केही बताइएको छैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *