चौबिस घण्टामा थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौँ, १४ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार २९५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ८०८ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार ११ हजार ८९२ जनाको पीसीआर बिधीबाट र ४ हजार ३४१ जनाको एन्टीजेन बिधिबाट गरी कुल १६ हजार २३३ जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ६६५ भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना गरी काठमाडौँ उपत्यकामा ९०६ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ५६८ र भेन्टीलेटरमा १६० जना संक्रमित उपचाररत रहेका छन्। त्यस्तै २० वटा जिल्लामा ५ सय भन्दा धेरै र १९ वटा जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *