पूर्वप्रधानमन्त्री झलनाथलाई मिर्गौला दिने मेरिना चित्राकार

एपोलोमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनाल । तस्बीर : कान्तिपुर

काठमाडौँ, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मेरिना चित्राकारले मिर्गौला दान गरेको थाहा भएको छ । मिर्गौला दाता चित्राकार झलनाथ कि श्रीमतीको दिदीको छोरी हुन् । उनको भारतको दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा गत २० साउनमा मिर्गौला प्रत्यारोपण भएको थियो ।

उनी आज डिस्चार्ज हुने क्रममा रहेका छन् ।

कातिपुर दैनिकका लागि दिल्ली व्यूरो प्रमुख राजेश मिश्रले लिएको अन्तरवार्तामा पूर्वप्रधानमन्त्री खनालले आफूलाई मेरिना चित्राकारले मिर्गौला दान गरेको बताएका छन् । उनले भनेका छन, ‘मेरिना मेरी श्रीमतीको दिदीको छोरी हुन् ।’

खनालले आफूले पछिल्लो पटक काठमाडौँबाट दिल्लीका लागि उडदा फर्किएर आउदिन कि भन्ने लागेको बताएका छन् । ‘म अब फरकिन्न जस्तो लागेको थियो तर सुधार भयो, त्यसैले यो त मेरो नाफाको जिन्दगी भयो,’  उनले भनेका छन् ।

सरकारले आफ्नो उपचार खर्च वेर्होने निर्णय गरेकै कारण आफू बाँचेको समेत दावी गरेका छन् । ‘झलनाथले आफै खर्च व्यहोर्नुपर्छ भन्नु त झलनाथ अव मर्नुपर्छ भने जस्तै हो,’ उनले अगाडी थपेका छन, मेरो न जागिर छ, न कुनै आम्दानी भएको जग्गाजमिन अधिकांश सरकारलाई दिइसकेँ । म यहाँ दुई तीन दिन ढिला आएको भएपनि स्वास्थ्य तलमाथि हुनेरहेछ । सरकारले यता नल्याएको भए म पशुपति आर्यघाटमा पुगिसकेको हुन्थें । अहिले मेरो उपचार खर्चका विषयमा जसले आलोचना गरेको छ त्यो गैरजिम्मेवारी र हावादारी कुरा हुन्,’ उनले टिप्पणी गरेका छन् ।

केपी ओली नेतृत्वको तत्कालिन सरकारले खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । सो निर्णयलाई शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारले पनि सदर गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *