परिवार कल्याण महशाखाको निर्देशकमा डा. विवेककुमार लाल, डा. पोखरेललाई सार्क क्षयरोग केन्द्रमा पठाईयो

काठमाडौँ, १३ भदौ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाको निर्देशक पदको जिम्मेवारी डा विवेककुमार लालले पाएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा लाललाई महाशाखाको निर्देशक पदमा नियुक्त गरेका हुन् ।

डा लालसार्क क्षयरोग केन्द्रमा निर्देशक थिए।

उनलाई महाशाखामा ल्याइएपछि उनको स्थानमा परिवार कल्याण महाशाखाका निर्देशक रहेका डा तारानाथ पोखरेललाई पठाइएको छ। मन्त्रालयले उनीहरु दुई जनाको जिम्मेवारी हेरफेर गरेको हो।

यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक डा प्रकाश साह बनेका छन् । आइतबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले साहलाई केन्द्रको निर्देशकमा नियुक्त गरेका हुन्। यसअघि केन्द्रमा निर्देशक रहेका डा अनुज भट्टचनलाई कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयमा सरुवा गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *