विशेषज्ञ बन्न ४८० जना चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुँदै

काठमाडौँ, १३ भदौ । विशेषज्ञ बन्न ४८० जना चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुने भएका छन् । नेपाल मेडिकल काउन्सिलले आगामी १८ भदौमा लिने विशेषज्ञ दर्ता (विशेष) परीक्षामा सहभागी हुन ४८० जना चिकित्सकले फारम भरेका छन् ।

काउन्सिल रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार १८ भदौको परीक्षामा विभिन्न ४२ विधामा विशेषज्ञता हासिल गरेका चिकित्सकहरु सहभागी हुँदैछन् । कम्प्युटर प्रविधिमा आधारित परीक्षा पूल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सञ्चार तथा सूचना प्रविधि केन्द्रमा हुनेछ ।

डा अधिकारीले यसपटक एकै दिन दुई समूहमा परीक्षार्थी बाँढेर विहान र दिउसोको समयमा परीक्षा लिइने बताए ।

‘शुक्रबार विहान १० देखि १२ बजेसम्म एउटा समूहलाई र दिउसो ३ देखि ५ बजेसम्म अर्को समूहलाई लिएर परीक्षा सञ्चालन गर्दैछौँ । सोही दिन परीक्षा सकिन्छ र नतिजा आउनेछ,’ उनले भने ।

कोभिड जोखिमका कारण काउन्सिलले परीक्षामा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *