साँचो बुझाएका नर्सिङ तथा प्यारामेडिक्स कलेज सञ्चालकहरुको माग के हुन्छ ?

काठमाडौँ, १२ भदौ । एकीकृत प्रवेश परीक्षाको नतिजालाई लिएर नर्सिङ तथा प्यारामेडिक्स अध्ययन गराउने कलेज सञ्चालकहरुले चिकित्सा शिक्षा आयोगलाई साँचो बुझाएका छन् । उनीहरुले विभिन्न तीन बुँदे माग अघि सार्दै चार दिन अघि साँचो बुझाएका हुन् ।

तर, चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको नतिजाको विषयमा नर्सिङ तथा प्यारामेडिक्स अध्ययन गराउने निजी कलेज सञ्चालकहरुले उठाएको माग सम्वोधन नहुने संकेत देखाएको छ । उसले आइतबारबाट स्नातक तह भर्नाका लागि म्याचिक प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

गत साउनको दोस्रो सातामा आयोगले लिएको प्रवेश परीक्षामा नर्सिङ तथा प्यारामेडिक्सका केही विषयमा कोटा भन्दा निकै कम विद्यार्थी उत्तीर्ण भएका थिए । प्रवेश परीक्षामा विद्यार्थी संख्या नै कम भएपछि आफूहरुले विद्यार्थी पढाउन नसक्ने भन्दै साँचो बुझाएका थिए ।

उनीहरुका मागमा प्यारामेडिक्स तथा नर्सिङका विषयमा एकीकृत प्रवेश परीक्षाका लागि आयोगले तोकेको ५० प्रतिशतलाई हटाई उत्तीर्ण प्रतिशत ३५ प्रतिशतमा झार्नुपर्ने र त्यसमा मेरिट बेसिसमा भर्ना लिन पाउनुपर्ने, कोभिड महामारी र एउटै ऐनबाट स्थापित तथा एउटै विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सरकारी र निजी कलेजहरुमा सिट निर्धारण गर्दा सरकारीलाई यथावत राखी निजीलाई सुन्यमा गरिएकोमा अविलश्व त्यसलाई सच्याई सिट निर्धारण गर्नुपर्ने र यसपटकको प्रवेश परीक्षामा चिकित्सा शिक्षा संकाय अन्तरगर्तका उत्तीर्ण विद्यार्थीहरु सोही संकाय अन्तरगर्त अन्य विषयमा भर्ना हुन मिल्ने गरी कार्यविधि सच्याउन पर्ने लगायतका थिए ।

आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले नर्सिङ तथा प्यारामेडिक्स पढाउने निजी कलेजहरुले भने जसरी माग पुरा हुन नसक्ने बताए । उनले भने, परीक्षाको मापदण्ड अनुसार ५० प्रतिशत अंक ल्याउनेहरु उत्तीर्ण भएका छन् । त्यति अंक नल्याउनेहरु फेल भएका हुन् ।

पास भएकाहरुलाई भर्ना गरेर पढाउन मिल्ने भयो । डा गिरीले कक्षा १२ को नतिजा आउनासाथ अर्को प्रवेश परीक्षा ढिलाई नगरी लिने समेत जानकारी दिए ।

पोखरा विश्वविद्यालय अन्तरगर्तका नर्सिङ तथा पारामेडिक्स कलेजहरुको संगठनका अध्यक्ष नवराज पाण्डेले यथास्थितिमा छात्रबृत्तिका मात्रै विद्यार्थी लिएर पढाउन नसक्ने बताए । आयोगले लिएको यो पहिलो परीक्षा थियो, पाइलटिङ परीक्षा थियो, अघिल्ला बर्ष ३५ देखि ४० अंक आए उत्तीर्ण हुने अवस्था थियो ।

यसपटक आयोगले ५० अंक आए मात्रै उत्तीर्ण हुने व्यवस्था मिलायो र प्रश्नपत्र पनि एमबीबीएसहरुलाई सोधने जस्तो कडा खालको बनायो । त्यसैले यो अव्यहारिक छ । विशिष्ट श्रेणीमा प्लस टू उत्तीर्ण भएकाहरु पनि नर्सिङ तथा प्यारामेडिक्स अध्ययन गर्न नपाउने अवस्था बनेको छ । यसलाई आयोगले पुर्नबिचार गर्नै पर्छ ।

हुनपनि आयोगले बीपीएचमा कुल १ हजार ४२० कोटा छुट्याएको छ तर ५६५ जनाले मात्रै प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । त्यसैगरी , बिएससी नर्सिङ १ हजार १०० छुट्याइएकोमा ५०४ जना पास भएका छन्।

बीएस्सी नर्सिङमा १ हजार १०० कोटा छ, तर ५०४ जना मात्रै उत्तीर्ण छन् । बी फार्मेसीमा ९०२ वटा कोटा छ तर ५४७ जना मात्रै उत्तीर्ण छन् । फिजियोथेरापी बिपिटीमा १५० जनाको कोटा छ, त्यहाँ ११४ जना, बीएस्सी एमआईटी रेडियोग्राफीमा ७१ मा ३५ जना, बिएस्सी एमएलटी ४२५ सिटमा ११८ जना उत्तीर्ण भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *