प्रदेश नं १ को सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ नियुक्त

160
Shares

विराटनगर, ११ भदौ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ नियुक्त भएका छन् । शुक्रबार मुख्यमन्त्री भीम आचार्यले साम्सोहाङलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी ताप्लेजुङबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

यस्तै मुख्यमन्त्री आचार्यले तेह्रथुमबाट निर्वाचित प्रदेश सांसद लछुमन तिवारीलाई उद्योग पर्यटन बन तथा वातारण मन्त्रीमा नियुक्त गरेका छन् ।

नव नियुक्त मन्त्रीद्धयलाई आजै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *