काठमाडौँमा आजबाट भेरोसेलको दोस्रो मात्रा दिईदै, यी हुन् खोप केन्द्रहरु

672
Shares

काठमाडौँ, ११ भदौ । काठमाडौँमा आजबाट कोभिडविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौँले पहिलो डोज लगाएका व्यक्तिहरुलाई आज देखि आगामी तीन दिन ( १३ भदौ) सम्म जिल्लाभर दोस्रो मात्रा दिने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समुहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिन लागिएको हो।

दोस्रो मात्रा खोप लगाउन जाने ब्यक्तिले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जनाएका छन्।

स्वास्थ्य कार्यालयले दोस्रो मात्राका लागि खोप केन्द्र तोकिसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *