कक्षा १२ का परीक्षार्थीलाई एष्ट्राजेनेका खोप दिने निर्णय

काठमाडौँ, ११ भदौ । सरकारले परीक्षा दिने तयारीमा रहेका कक्षा १२ का बिद्यार्थीलाई कोभिडबिरुद्धको खोप एष्ट्राजेनेका दिने भएको छ । जापानबाट प्राप्त १६ लाख डोजबाट यसअघि कोभिशिल्डको पहिलो डोज लगाई दोस्रो लगाउन नपाएका जेष्ठ नागरिकहरुलाई दिइएपछि पनि खोप बाँकी रहेको भन्दै विद्यार्थीलाई दिन लागिएको हो ।

राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार जापानबाट आएको एष्ट्राजेनेका खोप कोभिसिल्डको दोस्रो डोजको रुपमा प्रयोग गरेर पनि कक्षा १२ परीक्षार्थीलाई दुबै डोज लगाउन पुग्ने गरी बाँकी रहेको छ । ‘त्यहि बाँकी खोप कक्षा १२ का परीक्षार्थीलाई दुवै मात्रा उपलब्ध हुने गरी देशभर वितरण गर्न लगेका छौं,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने ।

यसअघि विहीबार नै शिक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै १८ बर्ष माथिका कक्षा १२ बाट माथिका सबै विश्वविद्यालय र प्राविधिक शिक्षालय अन्तरगर्त परीक्षा दिने तयारीमा रहेका विद्यार्थीले परीक्षा प्रवेश पत्र देखाएर नजिकको खोप लिन आग्रह गरिसकेको छ । शिक्षाले आफूले स्वास्थ्य मन्त्रालयसंग समन्वय गरिसकेको भन्दै विद्यार्थीलाई खोप केन्द्रमा गएर खोप लिन आग्रह गरेको छ ।

यसअघि परीक्षाको अन्तिम समयमा आएर कक्षा १२को परीक्षा रोकिएको थियो ।

त्यसबेला परीक्षार्थीलाई खोप दिएर मात्रै परीक्षा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो । त्रिविका करीव ६० हजार परीक्षार्थीलाई भने सरकारले यसअघि नै खोप लगाउने व्यवस्था मिलाइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *