काठमाडौँमा भदौ ११ गतेदेखि तीन दिन भेरोसेलको दोस्रो मात्रा खोप दिइँदै

काठमाडौँ, ९ भदौ ।  काठमाडौँमा आगामी ११ भदौ देखि कोभिडविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौँले आगामी ११ भदौ देखि जिल्लाभर तीन दिनसम्म दोस्रो मात्रा दिने योजना बनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समुहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिन लागिएको हो।

दोस्रो मात्रा खोप लगाउन जाने ब्यक्तिले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जनाएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *