चौबिस घण्टामा थपिए २५२५ जना कोरोना संक्रमित, २०८६ डिस्चार्ज

काठमाडौँ, ८ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ५२५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार ८६ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ३५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ९ हजार ९०९ जनाको पीसीआर बिधीबाट र ४ हजार ९०१ जनाको एन्टीजेन बिधिबाट गरी कुल १४ हजार ८१० जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ५१८ भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना गरी काठमाडौँ उपत्यकामा ६८९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ६२० र भेन्टीलेटरमा १७० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *