चौबिस घण्टामा १८०१ जना कोरोना संक्रमित थपिए, १९२४ जना निको भए

काठमाडौँ, ७ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ९२४ जना निको भई डिस्चार्ज भएका छन् । आज थप २४ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउसो जारी गरेको बिबरण अनुसार ८ हजार ७०४ जनाको पीसीआर बिधीबाट र २ हजार ६२२ जनाको एन्टीजेन बिधिबाट गरी कुल ११ हजार ३२६ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ६७९ र भेन्टीलेटरमा १७६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *