चौबिस घण्टामा १८०१ जना कोरोना संक्रमित थपिए, १९२४ जना निको भए

काठमाडौँ, ७ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ९२४ जना निको भई डिस्चार्ज भएका छन् । आज थप २४ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउसो जारी गरेको बिबरण अनुसार ८ हजार ७०४ जनाको पीसीआर बिधीबाट र २ हजार ६२२ जनाको एन्टीजेन बिधिबाट गरी कुल ११ हजार ३२६ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ६७९ र भेन्टीलेटरमा १७६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



