जापानबाट एस्ट्राजेनेकाको थप ५ लाख ५९ हजार डोज खोप नेपाल आइपुग्यो

168
Shares

 

काठमाडौँ, ७ भदौ । जापान सरकारले कोभ्याक्स सुविधा अन्तरगर्त नेपाललाई दिने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये थप ५ लाख ५९ हजार ३६० डोज खोप आज नेपाल आइपुगेको छ। आज अन्तिम चरणमा  बिहान ९:४५ बजे उक्त खोप नेपाल आइपुगेको हो ।

जापानले  सरकारले उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये यसअघि साउनमा दुइपटक गरेर ९ लाख डोज, भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र आज अन्तिम चरणमा ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको छ ।

यसअघि आएको खोप कोभिसिल्ड दोस्रो डोज लगाउन नपाएका करीव साढे ९ लाख जेष्ठ नागरिकले लगाइसकेका छन् । अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *