जापानबाट एस्ट्राजेनेकाको थप ५ लाख ५९ हजार डोज खोप नेपाल आइपुग्यो

 

काठमाडौँ, ७ भदौ । जापान सरकारले कोभ्याक्स सुविधा अन्तरगर्त नेपाललाई दिने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये थप ५ लाख ५९ हजार ३६० डोज खोप आज नेपाल आइपुगेको छ। आज अन्तिम चरणमा  बिहान ९:४५ बजे उक्त खोप नेपाल आइपुगेको हो ।

जापानले  सरकारले उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये यसअघि साउनमा दुइपटक गरेर ९ लाख डोज, भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र आज अन्तिम चरणमा ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको छ ।

यसअघि आएको खोप कोभिसिल्ड दोस्रो डोज लगाउन नपाएका करीव साढे ९ लाख जेष्ठ नागरिकले लगाइसकेका छन् । अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *