पछिल्लो पाँच सातामा करीब ५० लाखले लगाए कोभिडबिरुद्धको खोप

काठमाडौँ, ६ भदौ । पछिल्लो पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । त्यसअघि झन्डै ३६ लाखले मात्रै कोरानाविरुद्धको खोप लगाएका थिए । यो संगै खोप लगाउने सङ्ख्या ८७ लाख ७० हजार ७५४ पुगेको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३८ लाख ३५ हजार ६०८ जनाले कोरोनाको दुवै मात्रा खोप लगाएका छन् । त्यस्तै, ३९ लाख ३५ हजार ५६ जनाले पहिलो मात्रा लगाएका छन् । कोरोनाको दुवै मात्रा खोप लगाउने (भदौ ३ गतेसम्मको तथ्याङ्कअनुसार) जनसङ्ख्या १३ प्रतिशत पुगेको छ भने पहिलो मात्रा लगाउने १६ दशमलव आठ प्रतिशत छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै मात्रा खोप लगाउनेको सङ्ख्या तीन दशमलव नौ प्रतिशत थियो । पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या नौ दशमलव एक प्रतिशतमात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको सङ्ख्या झन्डै दोब्बर पुगेको छ ।
त्यसो त केपी ओली नेतृत्वको सरकारले नेपालमा ठूलो मात्रामा खोप ल्याउने सम्झौँता भएको थियो । सोही सम्झौता अनुसारको खोप प्राप्ती गर्ने बेलामा भने सरकार परिवर्तन भएको थियो ।

हाल कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सञ्चालन भइरहेको छ । विश्वविद्यालयका विद्यार्थीका साथै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले पनि प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । आगामी चैत मसान्तसम्म सबै जनताले खोप पाउने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *