चौबिस घण्टामा थपिए २०७५ जना कोरोना संक्रमित, २३८२ संक्रमणमुक्त

काठमाडौँ, ५ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार ३८२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप ३० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउसो जारी गरेको बिबरण अनुसार ७ हजार ७०३ जनाको पीसीआर बिधीबाट र ५ हजार ३७२ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ७५ जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार ७५जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ४८३, भक्तपुरमा ८१र ललितपुमा १०३ जना गरी काठमाडौँ उपत्यकामा ६६७ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ७१८ र भेन्टीलेटरमा १६६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *