सामुदायिक विद्यालयको भवन बनाईदिदै बीएण्डसी मेडिकल कलेज

झापा, ४ भदौ । बीएण्डसी मेडिकल कलेजले दुई करोड रुपैयाँ खर्च गरी एक सामुदायिक विद्यालयमा थप नयाँ भवन बनाउने भएको छ । अर्जुनधारा नगरपालिका १ सिस्नेको श्री सिंहदेवि माध्यामिक विद्यालयमा दुई तल्ले पक्की भवन बनाईदिने भएको हो ।

कलेजका अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाइले शुक्रवार एक कार्यक्रमकाबीच नयाँ सिलन्यास गरेका छन् ।
भवन सिलन्यास गर्दै मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाइले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत् भवन निर्माण गर्न लागिएको बताए ।

विद्यालयमा कक्षाकोठाको अभाव भएपछि र शैक्षिक गुणस्तरलाई गुणात्मक बनाउन आठ कोठे उक्त भवन बनाईदिन लागेको उनले बताए । चार चार कोठाका दरले कुल आठ कोठा तय गरिएको उक्त भवन छ महिना भित्र निर्माण सम्पन्न हुने समेत उनले जानकारी दिए ।

सो विद्यालयमा हाल नौ सय विद्यार्थीहरु अध्ययनरत छन् । नवनिर्मीत भवन कक्षा कोठाको रुपमा उपयोगमा ल्याइने विद्यालयका प्रधानाध्यापक लक्ष्मी रीजालले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु लाल ढकालको अध्यक्षतामा सिलन्यास कार्यक्रम भएको थियो ।

विद्यालय भवन बनाउन स्थानीय रानीशोभा राईले निशुल्क जग्गा प्रदान गरेकी हुन् ।

यसैबीच बीएण्डसीले विद्यालयका जग्गादाता रानीशोभालाई आजिवन निशुल्क उपचार गरिदिने घोषणा गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *