आईसीएस कमाण्डको झल्को दिने स्वरुपमा स्वास्थ्यले बनायो कोभिड नियन्त्रणका लागि उच्चस्तरीय समिति

काठमाडौँ, २ भदौ । कोरोना महामारीको व्यवस्थापन र नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन अनुगमन र व्यवस्थापनका लागि भन्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन भएको छ ।

स्वास्थ्यमन्त्रीको समेत जिम्मा लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले गत २८ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै राज्यमन्त्री श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा दुई महिना अघिसम्म करीव करीव यस्तै खालको समिति थियो । कोभिड -१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) नाम दिईएको सो समितिले अहिलेको समितिको जस्तै जस्तै काम गर्ने गरेको थियो ।

तत्कालिन सरकारले गत ७ जेठमा ल्याएको कोभिड(१९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेशले इन्सिडेन्ट कमाण्ड सिस्टम हटाएको थियो । स्वास्थ्यले गर्ने कोभिड सम्वन्धी कामहरु कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालबाट हुने र त्यो भन्दा माथिको काम कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई दिने व्यवस्था मिलाइएको थियो ।

‘राज्यमन्त्री मन्त्री ज्यूको अध्यक्षतामा गठन भएको समिति नौलो होइन, आइसीएस जस्तै जस्तै हो । स्वास्थ्य मन्त्रालय विभाग र मन्त्रालय अन्तरगर्तका अस्पतालका केही व्यक्तिहरु समेटिएका छन् । यो समितिले नयाँ र ठूलो काम गर्ने पनि होइन । नियमित काम बाहेक समिक्षा गर्दै अघि बढ्दै गर्ने बाटो बन्यो,’मन्त्रालयका एक अधिकारीको टिप्पणी थियो ।

राज्यमन्त्रीको अध्यक्षतामा गठित समितिमा उपाध्यक्षको जिम्मेवारी स्वास्थ्य सचिव डा रोशन पोखरेललाई दिइएको छ । सह उपाध्यक्षमा डा दिपेन्द्ररमण सिंह, सदस्यहरुमा तीनवटै विभागका महानिर्देशहरु डा आरपी विच्छा, डा बासुदेव उपाध्यक्ष र भरत भट्टराईलाई तोकिएको छ । यस्तै इडिसिडीका निर्देशक डा कृष्ण पौडेल, टमा सेन्टरका डा रुद्र मरासिनी सदस्य रहेका छन् । डा गुणराज लोहनीलाई भने सदस्य सचिव तोकिएको छ ।

समितिलाई के के जिम्मेवारी दिईएको छ ?

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *