बुधबार थपिए ३४०३ जना कोरोना संक्रमित, ४२ जनाको मृत्यु

 

काठमाडौँ, २ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार १०४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप ४२ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. कृष्ण प्रसाद पौडेलले बुधबार दिएको जानकारी अनुसार ११ हजार ८३९ जनाको पीसीआर बिधीबाट र ४ हजार ९९९ जनाको एन्टीजेन बिधिबाट गरी कुल १६ हजार ८३८ जनाको नमुना परीक्षण भएको छ । जसमा ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ७११, भक्तपुरमा १२२ र ललितपुमा १६०जना गरी काठमाडौँ उपत्यकामा ९९३ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको प्रबक्ता डा. पौडेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *