चौबिस घण्टामा थपिए ३२७४ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु

292
Shares

काठमाडौँ, १ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार २७४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ९२९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप २७ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ११ हजार ५६५ जनाको पीसीआर बिधीबाट र ६ हजार १२४ जनाको एन्टीजेन बिधिबाट गरी कुल १७ हजार ६८९ जनाको नमुना परीक्षण भएको छ । जसमा ३ हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ६७३, भक्तपुरमा १४१ र ललितपुमा २१९ जना गरी काठमाडौँ उपत्यकामा १ हजार ३३ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ७९० र भेन्टीलेटरमा १९१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *