के कोभिड-१९ संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्यो भने भाइरस सर्छ ?

‘कोभिड – १९ को भाइरस के लामखुट्टेले पनि फैलाउन सक्छ ? संक्रमितलाई टोकेको लामखुट्टे गएर स्वस्थ व्यक्तिलाई टोक्यो भने के भाइरस सर्छ ?’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा अचेल यस्तो प्रश्न पनि आउन थालेको छ । तर, केन्द्रले त्यस्ता प्रश्नको बुझिने गरी जवाफ दिएको छ ।

उसले भनेको छ, ‘हालसम्म लामखुट्टेको टोकाईले कोभिड -१९ भाइरस सर्नसक्ने कुनै पनि प्रमाण भेटिएको छैन ।’

उसले अगाडी थपेको छ,’ कोभिड -१९ श्वासप्रश्वास सम्वन्धी भाइरस हो । यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाछिउ गर्दा निस्कने थुक वा सिंगानका ससाना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।’

केन्द्रले भाइरसको संक्रमणबाट बच्न यसअघि भनिदै आएजस्तै  नाक मुख र चिउडो छोपिनेगरी मास्क लगाउन, कुनै सतह छोएपछि स्यानिटाइजरले हात निसंक्रमण गर्ने वा सावुनपानीले धुने र एक अर्कासंग भौतिक दुरी कामय गर्न भनेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *