नेपालमा ३२ लाख २३ हजारले लगाए पूर्ण मात्रा खोप

काठमाडौँ, २९ साउन । नेपालमा हालसम्म ३२ लाख २३ हजार ६९३ जनाले कोरोना बिरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै पहिलो मात्रा खोप लिने मानिसको संख्या देशभर कुल ४६ लाख ५९ हजार ४१४ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल ३ प्रकारको खोप सञ्चालन भइरहेको छ । जसमा कोभिशिल्ड, जोन्सन एण्ड जोन्सन र भेरोसेल खोप सञ्चालमा छ । जसमा शुक्रबार सम्म ३२ लाख २३ हजार ६९३ जना जनाले खोपको पूर्ण मात्रा प्राप्त गरिसकेका छन् ।

त्यस्तै पछिल्लो चौबिस घण्टामा ३ लाख ६७ हजार ३४१ जनाले कोरोना बिरुद्धको खोप लागाएको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ३७ लाख ४० हजार ८१७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ७ लाख २८ हजार ५३२ जनामा र ३ लाख ८६ हजार ९२९ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ७४ हजार ३४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ६ लाख ७९ हजार ४९५ जना संक्रमणमुक्त भएका छन् । यो संगै निको हुने दर ९३ दशमलब ३ प्रतिशत रहेको छ ।

 त्यसैगरी हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १० हजार २३९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *