एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षामा आज पनि जारी, बेलुका नतिजा आइसक्ने

काठमाडौँ, २९ साउन । हिजो देखि जारी नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) परीक्षा आज पनि निरन्तरता पाएको छ ।

कोभिड महामारीबीच काउन्सिलले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई परीक्षा सुचारु गरेको जनाएको छ । कम्प्युटर बेसमा आधारित परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भइरहेको छ ।

काउन्सिलका सदस्य एवं परीक्षा समितिका संयोजक डा सुप्रभात श्रेष्ठका अनुसार यसपटक बीडीएसमा १९६ जना र एमबीबीएसमा ९६० गरी कुल १ हजार १५६ जना सहभागी भएका छन् । परीक्षा विहान १० देखि १ र दिउसो ३ देखि बेलुका ६ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन भइरहेको छ ।

परीक्षा कम्प्युटरमा आधारित भएकोले परीक्षा सकिनासाथ आज बेलुका नतिजा प्रकाशित हुने डा श्रेष्ठले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *